- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । वरिष्ठ अधिवक्ता एवं माओवादी नेता रामनारायण बिडारीले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति शंका व्यक्त गरेका छन् । शनिबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै बिडारीले एमालेको नियतमाथि शंका गरेका हुन् ।
उनले सुनदेखि मिटरब्याजी विधयकसम्म र नक्कली भुटानी शरणार्थी गिरोहदेखि ललिता निवास जग्गा प्रकरणलाई सरकारले समात्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने एमालेको नियतमाथि प्रश्न गरेका हुन् ।
उनले यसो लेखेका छन्, ‘जब सरकारले अबैध सुन समात्छ तव एमाले आत्तिएर गृहमन्त्रीको राजीनामा माग्छ । जब मीटरब्याजी तह लगाउन विधेयक पारित गर्ने दिन आउँछ तब संसद चल्न दिदैन । जब नेपालीलाई भुटानी बनाउने गिरोहलाई सरकारले समात्छ तब प्रमको राजीनामा माग्छ । जब सरकारी जग्गा निजी बनाउनेलाई सरकारले जेल हाल्छ तब एमाले यो सरकार ढाल्नै पर्छ भन्छ । जब पीडितलाई राहत दिन विधेयक प्रमाणीकरण गर्ने बेला आउँछ तब खोचे थापेर काम रोकी ढिलो गर्नको लागि वकिल खोज्न हिँड्छ । यो भ्रष्टाचारीको मतियार हो कि सेवक हो ? थाहा चाहियो ।’