arrow

चार जना सवार मोटरसाइकल पिकअपसँग ठोक्किँदा तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ६ शनिबार
accident-final-1618290232.jpg
तस्बिर – फाइल ।

इनरुवा । सुनसरीको इटहरी–१७ कान्छीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए । 

चार जना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यू बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नंको मोटरसाइकल ठोक्किएको थियो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारै जनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा करण, शम्भु र अनिनेशको मृत्यु भएको प्रहरी उपरीक्षक राईले बताए । 

गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पिकअप चालक भारत दार्जीलिङ फोडिगढीका ३२ वर्षीय गोविन्द वरमुनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको राईले बताए । 

मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ