arrow

६० लाख कित्ता शेयर खुल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
ipo-final.jpg

काठमाडौँ । सेती खोला हाइड्रोपावर लिमिटेडको ६० लाख कित्ता साधारण शेयर (आईपीओ) खुल्दैछ । 

कम्पनीले  ६० करोड रुपियाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । एक सय रुपैयाँ अङ्कित दरका ६० लाख कित्ता साधारण शेयर सर्वसाधारण र आयोजनाबाट प्रभावित भएका स्थानीयका लागि जारी गर्ने भएको हो ।

शेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । 

सेती खोला हाइड्रोपावरको अधिकृत पूँजी एक अर्ब ५० करोड रुपियाँ, जारी पूँजी एक अर्ब ५० करोड रुपियाँ र चुक्ता पूँजी ८८ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ