arrow

निजी जेटमा उड्ने नौ सय करोडका मालिक नागार्जुन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
nagarjuna.JPG

काठमाडौं । अभिनेता नागार्जुन तेलुगु फिल्मका सुपरस्टार हुन् ।  

नागार्जुन भारतका केही कलाकार मध्ये एक हुन् जोसँग निजी जेट छ।

नागार्जुनले आफ्नो जेटलाई लामो दूरीको यात्राका लागि प्रयोग गर्छन्। 

सन् २०२२ मा नागार्जुनको कुल सम्पत्ति ९०० करोड भारतीय रुपैयाँ थियो । 

नागार्जुनले एक फिल्मका लागि १२ देखि २० करोड भारतीय रुपैयाँ लिन्छन् । 

यसबाहेक टिभी शोका लागि प्रति एपिसोड ५ करोड भारु लिने गरेका छन् । 

उनीसँग हाल १९७४ मोडलको पोर्श ९११ टर्बो, ड्याट्सन २४० जेड जस्ता कार र होन्डा सीबीआर फायरब्लेड जस्ता सुपरबाइकहरू छन्।  

सन् १९५९ मा चेन्नईमा जन्मेका नागार्जुनले सन् १९६७ मा बाल कलाकारको रूपमा आफ्नो अभिनयको सुरुवात गरेका थिए। 

२०१२ र २०१३ मा, फोर्ब्स पत्रिकाले उनलाई संसारका शीर्ष १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा राखेको थियो। 

हैदरावादको जुबली हिल्समा उनको घर छ । सो घरको लागत करिब ४२ करोड भारु रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ