arrow

सैफका छोरा डेटिङमा, छोरी साराले किनिन् स्पेस

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
shaif-son-daughter.JPG

काठमाडौं । पछिल्लो समय सैफ अली खानका छोरा इब्राहिम अली खान र श्वेता तिवारीकी छोरी पलक तिवारी डेटिङमा रहेको चर्चा चलिरहेको छ । पलक तिवारीले हालै सलमान खानको अपोजिट ‘किसी का भाई किसी की जान’ बाट बलिउडमा डेब्यु गरेकी छिन् । 

पलक २२ जुलाईमा फिल्म हेर्न गएको समय कथित प्रेमी अर्थात् इब्राहिम अली खान पनि त्यही समयमा देखिएका थिए । मुम्बईको जुहुमा रहेको पीभीआर बाहिर देखिएपछि दुवै जना कालो पहिरनमा जुम्ल्याहा देखिएका थिए। जसका कारण उनीहरूको सम्बन्धको खबरले थप गति लिएको थियो ।

पलक तिवारी र इब्राहिम अली खानको पीभीआर पुगेको भिडियो इन्टरनेटमा देखा पर्‍यो र भाइरल भयो। हलमा जाँदा दुवै जना मुस्कुराउँदै थिए ।

पलकले इब्राहिमसँगको डेटिङको खबरलाई हल्ला भने पनि दुवैलाई एउटै ठाउँमा र एकै समयमा सँगै देख्दा डेटिङको हल्ला चलेको छ । चाखलाग्दो कुरा के छ भने, इब्राहिमले जुहु पीवीआर बाट बाहिरिँदा पलकको ज्याकेट समातेका थिए । 

यता सैफकी छोरी सारा अली खानले हालै मुम्बईको लोटस डेभलपर्स ग्रुपको लोटस सिग्नेचर भवनमा नयाँ अफिस स्पेस किनेकी छन् । उनले डेढ करोड भारतीय रुपैयाँमा अफिसका लागि स्पेस किनेकी हुन् । यो भवन हाल निर्माणाधीन छ। रिपोर्टका अनुसार डिसेम्बर २०२५ सम्ममा भवन पाउनेछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ