arrow

भ्रष्टाचार विरुद्ध भ्रातृ संस्थालाई लगाऔँ – बद्री पाण्डे 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
badree-pandey-2080-04-07.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टी बलियो बनाउनेतिर लाग्न आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टी बलियो बनाउनेतिर लाग्न आग्रह गरेका हुन् । 

उनले अहिलेको आर्थिक अवस्था कमजोर भएको भन्दै कांग्रेसको नेतृत्वमा अर्थ सम्मेलन गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले भ्रष्टाचार र कमजोर सुशासनका कारण मुलुक अस्तव्यस्त भएको उनले बताए । उनले कांग्रेसले अहिले भ्रष्टाचारका काण्डहरुको फाइल खोल्न सक्नुपर्ने बताए । 

उनले बदनाम भएको राजनीतिलाई स्वच्छता दिनका लागि सम्पत्ति छानबिन गरेर जफत गर्न सक्ने हैसियत कांग्रेसले बताउनु पर्नेमा उनले जोड दिए । 

स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस अगाडि भएको भन्दै कम्तीमा कांग्रेसका मन्त्रीहरुले राम्रो गर्छन् भन्ने देखाउन जरुरी रहेको बताए । 

सहमहामन्त्री पाण्डेले सुशासन र भ्रष्टाचार विरुद्धको अभियानमा भ्रातृ संगठनलाई सक्रिय बनाउनु पर्ने बताए । 

उनले महामन्त्रीको प्रतिवेदनलाई कार्यान्वयन नभए झन् निराशा हुने भन्दै कार्यान्वयन हुने कार्यक्रम मात्र बनाउनु पर्नेमा उनले जोड दिए । 


 



नयाँ