arrow

मलामी बोकेको ट्याक्टर दुर्घटनामा एकको मृत्यु, घाइते ३३ मध्ये चार गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
accident-final-1618290232.jpg

अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ बिक रहेका छन्। दुर्घटनामा परेर ३३ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ। घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ