arrow

शीतलनिवासमा चिनियाँ नेता युआन, राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
ramchandra-poudel-chinese-team.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् । 

तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए । 

भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । 

युआन श्रीलंका भ्रमण सकेर आइतबार नै काठमाडौँ आइपुगेका हुन् । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो । 

त्यस्तै परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट «मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापा लगायतको सहभागीता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ