arrow

थारु समुदाय रातभर पूजामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
dhan-paddy-budho-jetho.jpg

काठमाडौं ।  थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त  छन् । 

रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ ।  अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ ।  

पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्ने गर्छन् । हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिकरुपमा गर्ने गरिन्छ । विशेष गरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेकोे टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए । 

कुनैकुनै गाउँमा थारु किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन् । यो पूजा नभएसम्म थारु गाउँमा मादल बजाउन नपाइने नाचगान नपाइने प्रचलनसमेत रहेको टीकापुर वनगाउँका तेजबहादुर चौधरीले बताए ।

यसरी दिउँसो सुरु गरेको पूजा रातभर थारु समुदायका प्रत्येक घरका किसानले भल्मन्सा अथवा बड्घरको घरमा दियो बालेर जाग्राम बस्छन् । दूध सङ्कलन गर्ने र विशेष पूजा गरी खिर भन (खेतको मुहानमा हालिने विषादी) बनाई नुहाएर खेतभरिको पानी हाल्ने गरामा छर्किन्छन् । यसरी पूजा गर्दा धान बालीमा किरा नलाग्ने विश्वास छ । 

किवदन्तीअनुसार प्राचीनकालमा महादेव र पार्वतीको कथनसँगै टुनामन्तर (पूजाआजा) गरेर खेतीपातीको रोग किरा हटाएको विश्वास थारु समाजमा छ र त्यहीअनुसार यो पूजा थारु किसानले गर्दै आएको बर्का गुरुवा राधेश्याम चौधरीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ