arrow

रेखा फेरि विवादमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
rekha1.jpg

काठमाडौं । बलिउड चलचित्र अभिनेत्री रेखाको जीवन उतार चढावले भरिएको छ । उनको जीवन सधैँ रहस्यमय रह्यो। यासिर उस्मानले लेखेको पुस्तक ‘रेखा–द अनटोल्ड स्टोरी’ मा उनको धेरै रहस्य खुलाइएको छ ।

सोही पुस्तकलाई लिएर पछिल्लो समय अभिनेत्री रेखाको व्यक्तिगत जीवन फेरि चर्चामा आएको छ । रेखाको जीवनीका लेखक यासिर उस्मानको पुस्तकलाई उद्धृत गर्दै धेरै मिडियाले अभिनेत्री रेखाको सेक्रेटरी फरजानासँग लिभ इन सम्बन्ध रहेको दाबी गरिएको छ ।

लेखक उस्मानले यी रिपोर्टहरूलाई पूर्ण रूपमा गलत भएको बताएका छन्। उस्मानले ट्विटरमा यी रिपोर्टहरू विरुद्ध एक बयान जारी गरेका छन् र प्रकाशकहरू विरुद्ध कानुनी कारबाही गर्ने कुरा पनि गरेका छन्।

रेखाको सेक्रेटरी फरजानासँग लिभ इन रिलेशनशिप भएको दाबी गर्ने रिपोर्टमा टिप्पणी र आफ्नो पुस्तक 'रेखा-द अनटोल्ड स्टोरी' लाई उद्धृत गर्दै  उस्मानले लेखेका छन्, 'मेरो पुस्तक 'रेखा द अनटोल्ड स्टोरी' मा रेखाको सेक्रेटरी फरजानासँग लिभ इन रिलेशनशिप भएको आरोप लगाइएका समाचारहरू पूर्णतया झुटा र मनगढन्ते छन्। 

उनले तथ्यलाई तोडफोड गरिएको बताएका छन् । उनले पुस्तकमा लिभ इन रिलेशनशिप वा कुनै किसिमको यौन सम्बन्धको बारेमा नलेखेको पनि उल्लेख गरेका छन् ।

रेखा: द अनटोल्ड स्टोरी पुस्तक उस्मानले २०१६ मा लेखेका थिए । जुन भारतीय चलचित्र अभिनेत्री रेखा को जीवनी हो। यसमा उनका आमाबाबु जेमिनी गणेशन र पुष्पवल्ली, दिल्लीका उद्योगपति मुकेश अग्रवालसँग उनको धेरै प्रचारित विवाह र उनको पचास वर्षको अभिनय करियरको बारेमा लेखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ