arrow

स्किब्स कपमा चार टिम च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
scibs-basketball-2080-04-08.jpg

काठमाडौँ । निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामन्जुश्रीले सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । निम्स सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स, गोल्डेनपिक जुनियर ब्वाइज र महामन्जुश्री स्टाफतर्फ च्याम्पियन बने ।
    
बसुन्धारास्थित आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा निम्सले ज्ञान निकेतनलाई १५–१३ ले पराजित गर्यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले डिफेन्डिङ च्याम्पियन निम्सलाई ८–७ को साँघुरो अन्तरले हरायो ।

जुनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले ज्ञान निकेतनलाई १२–७ ले पाखा लगायो । स्टाफको फाइनलमा साविक विजेता महामन्जुश्रीले आयोजक स्किब्सलाई २१–१५ ले पन्छ्याउदै उपाधि रक्षा गर्यो । उपाधिसंगै महामन्जुश्रीले १० हजार नगद पुरस्कार हात पार्यो ।

सिनियर ब्वाइजमा निम्सका दीपसागर सेती महर, सिनियर गल्र्समा भ्याली पब्लिककी एन्जल गुप्ता, जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङ छिरिङ शेर्पा र स्टाफमा महामन्जुश्री शैलेस श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई प्रदेश सांसद् उद्धव थापा, शिक्षा अधिकारी (टोखा नगरपालिका) खगेन्द्रसिंह धामी, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसी र समाजसेवी नवीन खड्काले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिम गरी ६४ टिम सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ