- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । शहरी विकास मन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले मन्त्रालयको कामको प्रगति विवरण सुनाएकी छिन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले शहरी विकास मन्त्रालयको आर्थिक र भौतिक प्रतिशत १८ प्रतिशत रहेकोमा अहिले ५८ प्रतिशतमा पुगेको बताइन् ।
यो आर्थिक वर्षमा विकासे मन्त्रालय भएकाले सचेत हुनुपर्ने भन्दै उनले गत आर्थिक वर्षको तुलनामा यो चालु आर्थिक वर्षमा १० अर्ब २६ करोड कम भएको बताइन् ।
उनले यो वर्ष १३४० योजनाहरु अगाडि बढाइएको पनि बताइन् । उनी गत चैत १७ गते शहरी विकास मन्त्रालय सम्हाल्न पुगेकी थिइन् ।
उनले यो मन्त्रालयको जिम्मेवारी बढी भए पनि बजेट कम हुनु दुःखद भएकोसमेत बताएकी छिन् ।