arrow

यी प्रदेशमा वर्षा, राति पहाडी भू-भागमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
weather-kathmandu-raining.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । अहिले उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

दिउँसो कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 राती सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ