arrow

वल्ड एक्वाटिक्समा नासिरको र गौरिकाको कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
nasir-husein-swimming.jpg

काठमाडौँ । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको २० औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनशिप २०२३ मा आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान राखेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताएका छन् ।

सोमबार भएको २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघि नासिरको नाममा १ मिनट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान ११ औँ एनएसए कप च्याम्पियनशिपमा राखेका थिए ।

नासिरले आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

महिला तर्फको खेलमा दक्षिण एसियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंहले पनि उपलब्धि हासिल गरिन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गरिन् । 

अध्यक्ष अशोक बज्राचार्यका अनुसार गौरिकाको यसअघिको समय १ मिनेट ७.३१ सेकेन्ड समयको रेकर्ड रहेको थियो । उनले उक्त रेकर्ड गोहाटीमा आयोजना भएको १२ औं दक्षिण एसियाली खेलकुदमा कायम गरेकी थिइन् ।

आव डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश वैद्यले जानकारी गराए । 

बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वल्र्ड एक्वाटिक्सको नामाकरण गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ