arrow

भारतलाई वेस्ट इन्डिजविरुद्ध लगातार नौ टेष्ट श्रृंखला 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
virat-jadeja-2023-07-24.jpg

काठमाडौँ । भारतले वेस्ट इन्डिजविरुद्ध लगातार नौ टेष्ट क्रिकेट श्रृंखला जितेको छ । भारतले २१ वर्षदेखि लगातार वेस्ट इन्डिजलाई हराउँदै आएको छ । 

भारतले यसअघि सन् २००२ मा वेष्ट इन्डिजसँग उसकै भूमिमा २–१ को हार बेहोरेको थियो । यसपालि भारतले वेस्ट इन्डिजलाई उसकै भूमिमा १–० ले हरायो । 

दुई खेलको श्रृंखलाको दोस्रो खेल वर्षाले बराबरीमा सकिएपछि भारतले पहिलो टेष्ट जितेकाले श्रृंखला जितेको हो । 

पोट अफ स्पेनको क्विन्स पार्क ओभलमा भएको दोस्रो टेष्टको पाँचौ दिन खेल वर्षका लागि पुरै प्रभावित बन्यो । एक बल पनि हुन नपाएपछि बराबरीमै सकिएको थियो । 

भारतले ३६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । आइतबारको खेल समाप्त हुँदा वेस्ट इन्डिजले २ विकेटमा ७६ रन बनाएको थियो । पाँचौ दिन तथा अन्तिम दिन उसलाई २ सय ८९ रनको आवश्यकता थियो । भारतलाई भने ८ विकेट चाहिएको थियो । तर खेल हुन भने सकेन । 

भारतले पहिलो इनिङ्समा ४३८ रन बनाएको थियो । विराट कोहलीले १२१ रन बनाएका थिए । जवाफमा वेस्ट इन्डिज २५५ रनमा समेटिएको थियो । यसरी भारतलाई १ सय १८ रन बढी प्राप्त भएको थियो । दोस्रो इनिङ्समा भारतले २ विकेटमा १८१ रन बनाएर इनिङ्स घोषणा गरेको थियो । 

जसमा वेस्ट इन्डिजले ३६५ रनको लक्ष्य प्राप्त गरेको थियो । 

भारतले पहिलो टेष्ट एक इनिङ्स र १४१ रनले आफ्नो पक्षमा पारेको थियो । 

भारत र वेस्ट इन्डिजले अब तीन खेलको एक दिवसीय श्रृंखला खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ