arrow

भूमरीमा फस्यो राजनीति – गच्छदार [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
bijayakumar-gachhader-2080-04-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन् ।  

मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए । 

उनले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए । उनले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए । 

नेता गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ