arrow

आगो निभाउन गएको विमान दुर्घटनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
plane-fired-2023.jpg

एथेन्स । ग्रीसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।

हाल ग्रीसको जंगलमा लागेका कारण हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन् । ग्रीस सरकारले स्थानियलाई स्थानान्तरण गरेर जंगलमा लागेको आगो  निभाउनका लागि सम्पूर्ण प्रयत्न जारी राखेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ