- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ ।
कांग्रेसको साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय समिति बैठकले भ्रष्टाचारविरुद्धको अभियानदेखि सुशासनसम्म र पार्टीको अबदेखि बस्ने नियमित बैठकसम्मका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै पारित गरेको हो ।
महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई थपथाप गर्दै एक वर्षे कार्यक्रमसमेत तय भएको छ ।
शुरुआतमै कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ संचालन गर्ने निर्णय गरेको छ ।
यसअघि विधान मिचेर एक वर्षसम्म हुन नसकेको केन्द्रीय समिति बैठक अब भने हरेक दुई महिनामा हुनेछ ।
पहिलो बैठक असोज २ गते हुने भएको छ । बैठकले एक वर्षे क्यालेन्डर तय गरेको हो ।
यस्तो छ कांग्रेस बैठकको निर्णय–