arrow

निरीह वेष्ट इन्डिजमाथि भारत हावी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
cricket-india-west-indies-2023-07-28.jpg

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेट छनोटबाटै बाहिरिएको दुईपटकको विश्वकप विजेता वेष्ट इन्डिजको अधोगति बढ्दै गएको छ । 

घरेलु मैदानमै वेष्ट इन्डिजले एक दिवसीयमा भारतसँग कमजोर प्रदर्शन गरेको छ । लगातार नवौँ पटक टेष्ट श्रृंखला गुमाएको वेष्ट इन्डिजले एक दिवसीयमा पनि खराब प्रदर्शन गरेको हो । 

ब्रिजटाउनमा बिहीबार राति भएको पहिलो खेलमा वेष्ट इन्डिज ५ विकेटले पराजित भयो । 

पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २३ ओभरमा अलआउट हुँदै मात्र ११४ रन बनायो ।

कप्तान साइ होपले सर्वाधिक ४३ रन बनाएको इनिङ्समा केबल चार खेलाडीले ब्यक्तिगत दोहोरो स्कोर खडा गर्न सकेका थिए । 

कुलदीप यादवले ३ ओभरमा २ मेडन राख्दै ६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले ३ विकेट लिए । 

जवाफमा भारतले २२.५ ओभरमै ५ विकेट गुमाएर जित हासिल गर्यो । ओपनर इशान किशानले ५२ रन बनाए । 

योसँगै भारतले ३ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ