arrow

वल्ड एक्वाटिकमा डुवानाको व्यक्तिगत समयमा सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
duwana-lama-swimming-2023.jpg

काठमाडौँ । जापानको फुकुओकामा जारी २० औँ संस्करणको वल्ड एक्वाटिक च्याम्पियनशिप २०२३ मा डुवाना लामाले आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छिन् । 

जापानबाट टोली नेता एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताएअनुसार डुवानाले व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी हुन् ।

बिहीबार सम्पन्न १०० मिटर फ्रिस्टाइलमा लामाले १ मिनेट १.९३ सेकेन्ड समयका साथ पूरा गरेकी थिइन् । यस विधामा उनको व्यक्तिगत समय १ मिनेट २.०४ सेकेन्डको समय रहेको थियो ।

नेपालको अब एक मात्र खेल बाँकी रहेको छ । शुक्रबार एलेक्जेन्डर शाहले ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ