arrow

कांग्रेसको मर्यादाक्रम अन्याय र विभेदपूर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
congress-kathmandu-2080-04-13.jpg

काठमाडौँ । नेपाली कांग्रेसको अन्तर महानगर भेलाले महत्वपूर्ण चार निर्णय गरेको छ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आयोजना गरेको उक्त भेलाले कांग्रेसको विधानमा स्थानीय तह पदाधिकारीहरु एवं सदस्यहरुको हाल पार्टीले राखेको मर्यादाक्रम अन्याय र विभेदपूर्ण रहेको ठहर गर्दै संशोधनको लागि केन्द्रीय कार्य समिति, केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरुलाई लिखित रुपमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको छ । 

त्यस्तै पार्टीको केन्द्रीय महासमिति र महाधिवेशनमा स्थानीय तहका समितिहरुबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउनको लागि विधानमा व्यवस्था गर्नका लागि माग गर्नेसमेत निर्णय गरेको छ । 

शुक्रबार बसेको भेलाले स्थानीय तहका समिति अन्तर्गतका वडाहरुमा निर्वाचनमा उम्मेदवार छनौट गर्दा तत् तत् स्थानीय तहको पूर्ण अधिकारको सुनिश्चितता गर्नसमेत माग गर्ने निर्णय गरेको छ । 

साथै स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलीमा न्यून र समय सापेक्ष नभएको हुनाले समय सापेक्ष हुने गरी, पदाधिकारीहरु समेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन माग गर्नेसमेत निर्णय भएको छ । 

मुलुक संघीयतामा गएको अवस्थामा सो भावना र मर्म अनुरुप तीनै तहका सरकारको भूमिका उत्तिकै महत्वको भएकाले सोही अनुरुप पार्टीका संगठनहरुलाई पूर्ण अधिकारको सुनिश्चितता गर्नुपर्ने भएकाले अन्तर महानगर समितिको भेलाले यी निर्णयहरु गराएकोसमेत जनाएको छ । 



नयाँ