arrow

राप्तीसोनारीमा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु, दुई घाइते

logo
सौरभ गिरी,
प्रकाशित २०८० साउन १३ शनिबार
accident-final-1618290232.jpg

नेपालगञ्ज  । बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन् ।

गएराति १२ बजे राप्तीसोनारी गाउँपालिका ४ हुलाकी राजमार्ग अन्तर्गत सूर्यलालपुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३० वर्षीय राम थारुको मृत्यु भएको राप्तीसोनारी ४ का वडाध्यक्ष मीनराज खड्का ९सन्तोष०ले जानकारी दिएका छन् ।

गाउँपालिकाको धामपुर तर्फबाट सुर्यलालपुर जाँदै गरेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको वडाध्यक्ष खड्काले बताए।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका राप्तीसोनारी ३ कारामको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो भने घाइते हेमकुमार थारु र प्रकाश थारुको उपचार भइरहेको खड्काले जानकारी दिएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ