arrow

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ : भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
bidhyadevi.jpg
तस्वीर फाइल

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराएकी छन् । 

आज विश्व बाघ दिवसको शुभकामना दिँदै उनले बाघको सङ्ख्यासँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटना वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।

उनले दिवसका अवसरमा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ सम्बद्ध पक्षको ध्यानार्कषण गराए ।

“बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि गर्न घाँसे मैदानको विस्तार र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्‍याउनु पर्दछ”, शुभकामना सन्देशमा उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन एवं  आर्थिक विकासका लागि महत्वपूर्ण भएको भन्दै संरक्षणका उचित उपाय अवलम्बन गर्न र त्यसलाई निरन्तरता दिन आह्वान गरिन् ।

नेपालले लक्ष्यभन्दा बढी बाघको सङ्ख्या वृद्धि गरी हाल तीन सय ५५ पुर्‍याउन सफल भएको जनाउँदै उनले बाघको संरक्षणमा सम्बद्ध सबैलाई थप प्रेरणाका लागि शुभकामनासमेत व्यक्त गरिन् । 

“विश्वका १३ देशमा मात्र पाइने पाटेबाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले सकारात्मक पहिचान निर्माण गर्नु गौरवको विषय हो”, शुभकामना सन्देशमा उनले भनिन्, “यस अवसरमा म वन्यजन्तु संरक्षणसँग सम्बद्ध निकाय, सङ्घसंस्था, समुदाय र संरक्षणकर्मीलाई हार्दिक बधाई दिन चाहन्छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ