arrow

एमालेमा कुनामा बस्ने दुनामा खाने अवस्था छ : विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
bishwa-uml.JPG

काठमाडौं। नेकपा एमालेमा युवा नेताहरूको अवस्था कुनामा बस्ने दुनामा खाने भएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । 

कांग्रेसका युवाहरूले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरूमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो । 

उनले एमालेका युवाहरूलाई पनि संसदीय दलको चुनावमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरूबाट आफूहरूको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए । 

तर कांग्रेसका युवाहरूले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवाहरु पनि पार्टीमा छौं भन्ने सन्देश दिइएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ