arrow

सिद्धार्थ राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
siddhartha-highway1.jpg

पाल्पा ।  तिनाउ गाउँपालिका-३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध  भएको छ ।  

जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् ।
 
 माथिबाट ठूलो ढुङ्गासहित अझै पहिरो खस्ने खतरा रहेको जनाइएको छ । बेला-बेलामा पाल्पा-बुटवल सडकको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर समस्या भइरहेको छ । 

सडकमाथिबाट चट्टानसहितको पहिरो खसेर वर्षायाम मात्र नभई अन्य समय पनि यात्रा गर्ने यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ