arrow

अठार र चौबीस वर्षे पेस्तोल र गोलीसहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
Arrest-Crime.jpg
तस्बिर – फाइल ।

सिराहा । सुखिपुर नगरपालिका ४ गोडिअर्वाबाट होममेड सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा औरही गाउँपालिका २ बननिया बस्ने २४ वर्षीय कम्रुदिन राइन र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी सिलौर्वापछवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ