arrow

गहना लुट्ने आठ वर्षे बालकसहित चार लुटेरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
crime-final-everytime-use.jpg

काठमाडौँ । मोरङ धनुषाबाट महिलाले लगाएको सुनको गरगहना लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । 

मोरङको  सुन्दरहरैचा नगरपालिका ९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका १६ बस्ने २६ वर्षीय बिशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका ६ बस्ने २९ वर्षीय उमेशराय यादव र माहादेवपुर नगरपालिका(६ बस्ने ८ वर्षीय बालक रहेका छन् ।

 सोही नगरपालिका ८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा सिक्री थुति भाग्ने क्रममा स्थानीयले अभियुक्त मध्येका बिशाललाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय विराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 

उता, धनुषाको लक्ष्मिनिया गाउँपालिका ५ भंगाहा बस्ने ५० वर्षीया महिलाको सुनको मंगलसुत्र लुटपाट गरेको अभियोगमा भारत बिहार राज्य सितामढी भीतामोड बस्ने २५ वर्षीया पूजा महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मिनिया गाउँपालिका ४ सपहीस्थित मोहरम मेलामा पुजा महर्जनले महिलाको मंगलसुत्र तान्ने क्रममा प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ