arrow

बस्दै प्रतिनिधि सभा बैठक, टोपबहादुरको पद निलम्बन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
top-bahadur-rayamajhi-argakhanchi-uml-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । 

यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।

साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ