बस्दै प्रतिनिधि सभा बैठक, टोपबहादुरको पद निलम्बन गरिने
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
1.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।
साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।