arrow

कांग्रेसपछि माओवादीले पनि 'लाइभ' गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
maoist-centre-prachanda-narayankajii-mahara-agni-dev-cp.jpg

काठमाडौं ।  नेकपा(माओवादी केन्द्र) ले पनि केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरेको थियो ।

नेकपा (माओवादी केन्द्र)का सचिव  सचिव दिनानाथ शर्माका अनुसार केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने तयारी भइरहेको छ  । 

उनले आम सर्वसाधारण, पार्टी कार्यकर्ता र देशवासीलाई समेत प्रत्यक्ष जानकारी दिने उद्देश्यले बैठकको सबै कारबाही प्रत्यक्ष प्रसारण गर्न लागिएको जानकारी दिए  । 

कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेपछि राष्ट्रियसभा सदस्य बामदेव गौतमले कांग्रेसको उक्त निर्णयको प्रशंसा गर्दै कम्युनिष्ट पार्टीको बैठक पनि प्रत्यक्ष प्रसारण गर्न सुझाव दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ