arrow

हिन्दूमाथि ज्यादतीविरुद्ध धर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
rastriya-ekata-abhiyan-2080-04-15.jpg

काठमाड़ौँ। पर्वको आडमा मुस्लिम समुदायले हिन्दूहरुमाथि ज्यादती गरेको भन्दै राष्ट्रिय एकता अभियानले आज माइतीघर मण्डलामा धर्ना दिएको छ। दिउँसो १२ः३० देखि साँझ ६ बजेसम्म धर्नामा बसेको अभियानले जनाएको छ । 

धर्नामा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, संविधान सभा सदस्य वीपी यादव, अभियानको राष्ट्रिय सम्मेलन आयोजना समितिका महासचिव डा. प्रभात कुशवाहा, विद्यार्थी परिषदका पप्पु यादव, धीरज गिरी, चन्द्र यदुवंशी, दिवस पटेल, अबिनाश यादवलगायत सहभागी भएका छन् ।

‘मधेश प्रदेशमा जारी हिन्दू दमनविरुद्ध खबरदारी धर्ना’ लेखिएको ब्यानरसहित धर्नामा बसेका सहभागीहरु हिन्दूमाथि भइरहेको ज्यादतीविरुद्ध नाराजुलस पनि गरेका छन् ।

सहभागीहरुले ‘मुस्लिम पर्वको आडमा हिन्दूमाथि गरिएको आक्रमणमा सम्मिलितहरूलाई कारबाही गर, जिहादीहरुको आक्रमणबाट घाइते हिन्दूहरुको निःशुल्क उपचारको व्यवस्था गर, इस्लामिक अतिक्रमणविरुद्ध कड़ा कानून बनाउ, जिहादी संरक्षक राष्ट्रिय मुस्लिम आयोग खारेज गर र जानकी मन्दिरसँगैको मुस्लिम वस्ती खाली गर’ लगायतका नारा लगाएका थिए।

सर्लाहीमा शनिबार मुस्लिम समुदायको मोहरम पर्व मनाउने क्रममा दुई पक्षबीच झडप भएको थियो । गोडैता बजारमा भएको झडपमा ६ प्रहरीसहित १० जना घाइते भएका थिए । 

हिन्दू–मुस्लिम झडप नियन्त्रण गर्न प्रहरीले २६ सेल अश्रु ग्यास र १६ राउन्ड हवाइ फायर गरेको छ। त्यसतै रौतहटको विजयपुर फटुवामा शम्भुकुमार रामलाई निर्घात कुटपिट गरी सिकिस्त घाइते बनाएका छन् भने महोतरी जिल्लामा मुस्लिमहरुको आक्रमणमा परी रबिन यादव र गगनकुमार महतो घाइते भएका छन् ।

यस्तै मुस्लिम पर्वको नाममा हिन्दू ज़्यादती विरुद्धमा आज जनकपुरस्थित राष्ट्रिय एकता अभियानको अगुवाइमा विभिन्न हिन्दूवादी संघ संगठनद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन् । विगतमा भएको सर्वपक्षीय सहमति कार्यान्वयन नगरेको भन्दै हिन्दूवादीहरु धनुषा प्रशासनप्रति आक्रोशित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ