arrow

देशभर मनसुनी वायुको प्रभाव, सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
kathmandu-weather-2080.jpg

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशभर आंशिक देखि सामान्य, बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

यी प्रदेश भारी वर्षाको सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोप हुन हुँदा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ