arrow

पदाधिकारी नै विश्वविद्यालयमा तालाबन्दी गराउन सक्रिय भएपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
sanskrit-university-aayurved.jpg

दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको आयुर्वेद अध्ययन संस्थानको डिनको रुपमा डा.चन्द्रप्रसाद भुसालले आफ्नो कार्यभार सम्हालेको तीन महिना पनि पुगेको छैन । राजनीतिक सिफारिसका आधारमा नियुक्ति हुँदा एमाले निकट रजिस्ट्रारका प्रिय पात्र भुसाल दाङ आएका थिए ।

अध्ययन संस्थानको फड्को मार्ने भनी ल्याइएका डिन काम गर्नु त परको कुरा रजिस्ट्रारको निर्देशनमा दुई महिनासम्म विद्यार्थीको प्रयोगात्मक परीक्षा लगायत नतिजा प्रकाशनसमेत रोकेर बसेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

विश्वविद्यालयमा रजिस्ट्रार हावी छन् । उनी स्वतन्त्र विद्यार्थी युनियनका  सभापति र सचिवलाई प्रयोग गरी विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आफैँ ताला लगाउने निर्देशन दिएको विद्यार्थीहरुको आरोप छ । 

परीक्षा नियन्त्रण कार्यालयका एक कर्मचारीका अनुसार सबै परीक्षा तयार भैसकेको छ । परीक्षा समितिले गर्नुपर्ने काम मात्रै बाँकी छ । 

अन्तिम चरणमा पुगेको परीक्षाको नतिजा रजिस्ट्रारले गर्दा रोकिएको छ । किनकि परीक्षा समितिका संयोजक उनी नै हुन् । आफ्नो फाइदाका लागि  दुई पटक भन्दा बढी टेन्डर समितिको बैठक बसे पनि विद्यार्थीको नतिजा ननिकाल्दिने धम्कि दिँदै आएको पीडित विद्यार्थीले बताएका छन् ।

आफू निकट ब्यक्तिलाई जागिर खुवाउन सेवा आयोग अध्यक्ष र सदस्यसँगको मिलोमतोमा परीक्षार्थीलाई विज्ञ चिनाउनुका साथै प्रश्नपत्र लिक गराएको विरोधमा नेपाल विद्यार्थी संघले आयोगमा तालाबन्दी गरी निष्पक्ष परीक्षा हुनुपर्ने अडानका  साथ आन्दोलनमा उत्रिएपछि आफ्नो रीस विद्यार्थीको भविष्यमाथि पोखेको आरोप विद्यार्थीको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ