arrow

कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउन लिङ्देनको सुझाव, अन्तिममा मात्र निर्णायक बन्ने

logo
विवेक मिश्र,
प्रकाशित २०८० साउन १६ मंगलबार
rajendra-lingen.jpg
तस्बिर – फाइल ।

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको संकट टार्न नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्न सुझाव दिएका छन् ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित एउटै विमानमा आज विराटनगर आएका लिङ्देनले राप्रपा अहिले कसैको पक्ष र विपक्षमा नलाग्ने स्पष्ट पारे ।

‘मैले एमाले नेता हिक्मतकुमार कार्कीलाई पनि भनेको छु । तपाईहरुले ल्याएको व्यवस्था हो । कांग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको छु,’ उनले भने, ‘हामीले सरकार निर्माणको प्रक्रियामा अहिले सक्रिय धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो छैन । कांग्रेस र एमाले मिलेर सरकार चलाउनु भन्ने हाम्रो सुझाव हो ।’

लिङ्देनले आफू कोशी प्रदेशमा सरकार निर्माणमा निर्णायक हुने अन्तिम अवस्थामा मात्रै केही निर्णय गर्न सक्ने बताए । ‘कोशी प्रदेशमा कांग्रेस र एमाले अलगअलग बस्दा मात्रै हामी निर्णायक हौँ । त्यो परिस्थिति नल्याउन हामीले भनेका छौँ,’ उनले भने, ‘संविधानको धारा १६८ को उपधाराहरुको प्रयोग गर्दै जाँदा अन्तिम चरणमा निर्णायक हिसाबले प्रस्तुत हुन सकिन्छ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ