arrow

कांग्रेस संचार विभागले गर्‍यो यी पाँच निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले आज विभिन्न पाँच निर्णय गरेको छ । विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न पाँच निर्णय गरेको हो । 

जसमा नेपाली कांग्रेस सूचना, संचार तथा संचार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित भएको छ । त्यस्तै विभागले पुस्तकालय व्यवस्थापन तथा संचालनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसित समन्वय गर्ने निर्णयसमेत गरेको छ । 

साथै विभागका प्रमुख एवं सदस्यहरु बीच सूचना प्रविधि सम्बन्धी पुर्नताजगी कार्यक्रम गर्ने र सो को मिति, समय र स्थान प्रमुखले तोक्ने निर्णय गरिएको विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले पार्टीका यस विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसवुक एकाउण्ट खोल्न आग्रह गर्ने निर्णय गरिएको छ भने लोकतन्त्रमा आस्था राख्ने संचार गृह र संचारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी संकलन गर्ने निर्णयसमेत गरिएको कांग्रेसले जनाएको छ । 



नयाँ