arrow

नवआगन्तुक विद्यार्थीको स्वागत र अभिमुखीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
new galaxy school.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कूलले कक्षा ११ मा अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीको स्वागतसहित उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गर्‍यो । 

कक्षा ११ मा अध्ययन गर्ने विज्ञान, व्यवस्थापन, पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीका लागि सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा यस बर्ष मेडिकल, नर्सिङ तथा ईन्जिनियरिङ जस्ता विषयमा छात्रवृत्तिमा पर्न सफल विद्यार्थीलाई बधाई ज्ञापन गरिएको विद्यालयका सहायक प्राचार्य राजेश भण्डारीले जानकारी दिए । 

कक्षा १२ का विद्यार्थीले स्वागत गरेको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल डा. रामजी शर्मा र मोटिभेटर रवि किरणले उत्प्रेरणात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।  

प्रिन्सिपल डा. शर्माले विद्यालयमा २३ जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिए ।

उनले विद्यालयमा यस वर्ष पनि होटल व्यवस्थापनमा तीन, म्यानेजमेन्टमा दुई र विज्ञानतर्फ दुई सेक्सन गरी सात सेक्सनमा भर्ना लिइएको बताए । 

प्रिन्सिपल डा. शर्माका अनुसार विद्यालयले अध्ययन, अनुसन्धान र अतिरिक्त क्रियाकलापलाई सन्तुलितरुपमा अगाडि बढाएको छ ।

कक्षा १२ को गत वर्षको परीक्षाको नतिजामा विज्ञान विषय दीपा आर्चायले गण्डकी प्रदेशमै उच्चतम अङ्क ल्याउन सफल भएको उनले बताए । 

कार्यक्रममा सहभागी हिसान कास्कीका उपाध्यक्ष तथा हिल प्वाइन्ट माविका संस्थापक प्रिन्सिपल दिवाकर जैसी, विद्यालयका संस्थापक डाइरेक्टर राजु कायस्थ, संस्थापक भाइस प्रिन्सिपल राजेश भण्डारी, विद्यालयका विज्ञान संयोजक दीपक अधिकारी लगायतले विद्यार्थीको उज्वल भविष्यको कामना गरेका थिए । 

डा. शर्माले विद्यालयले विद्यार्थीमा भएको अन्तरनिहीत क्षमताको विकास र अभिवृद्धिमार्फत परम्परागत शिक्षण विधिलाई विस्तारै प्रतिस्थापन गर्दै समयानुकुल परियोजनामा अधारित खोजमूलक विद्यार्थी केन्द्रित शिक्षण विधिको पालना गर्दै जाने प्रतिवद्धता जनाए ।

विद्यालयका अनुसार विद्यार्थी डेनियल घर्ती मगरले हिसान कास्की आइडलमा फस्ट रनरअपको उपाधि, सिसम श्रेष्ठले राष्ट्रिय स्तरको नेपाल स्पेल वि प्रतियोगितामा प्रथम स्थान, दीपा आर्चायले सेकेण्ड रनरअपको उपाधि हासिल गरेका थिए ।

यस्तै, हिसान कास्कीको स्पोर्टस् मिटमा लगातार चार वर्ष च्याम्पियन बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ