arrow

सत्य निरुपणसहित दुई संशोधन विधेयक शीघ्र पारित गर्नुपर्छ : कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
nepali-congress-flag.jpg

काठमाडौं ।  नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक शीघ्र पारित गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको उपस्थितिमा पदाधिकारी र पूर्वपदाधिकारीसहितको मंगलबार बसेको बैठकले सो विधेयक संसद्बाट शीघ्र पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा सो विधेयकका सम्बन्धमा संसदीय प्रक्रियामा भएको प्रगतिबारे प्रमुख सचेतक रमेश लेखकले जानकारी गराएका थिए । 

कांग्रेसले सो विधेयक पीडितलाई स्वीकार हुने, अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने, यस सम्बन्धमा सर्वोच्च अदालतको आदेशअनुसारको र दलहरूबीच पनि सर्वसम्मत हुनुपर्ने भनी निष्कर्ष निकालेको छ ।

बैठकमा प्रमुख सचेतक लेखकले उपरोक्त विषयमा लगभग सहमतिको नजिक पुगेको जानकारी गराएपछि संसद्मा यथाशीघ्र पारित गर्ने वातावरण बनाउन पार्टीका तर्फबाट सभापति देउवा र प्रमुख सचेतकले पहल गर्ने निष्कर्ष बैठकले गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ