arrow

सुन प्रकरणमा एमालेको यस्तो माग (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
uml-samsad-abarodh-2080-04-10.jpg

काठमाडौं ।   सुन तस्करी प्रकरणको छानबिनलाई लिएर नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको छ । पार्टीका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताएका छन् ।

सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरूले सङ्केत पाएको उल्लेख गर्दै उनीहरूलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको प्रष्टयाए । 

बर्तौलाले सो उच्चस्तरीय छानबिन समितिले राजश्व अनुसन्धान विभागको छानबिन समितिसँगै मिलेर काम गर्ने बताए । अहिले छानविनमा संलग्न रहेका निकाय तथा अधिकारीहरूले पनि उच्चस्तरीय छानबिनको आवश्यकता औँल्याइरहेको उनको जिकिर थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ