arrow

चौधरी ग्रुपको एलिका ब्रान्डको पहिलो शोरुम टेकुमा [फोटोफिचरसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
cg-alica-brand-front.jpg

काठमाडौँ । नेपालको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो शोरुमको उद्घाटन भएको छ । एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौँको टेकुमा खोलिएको हो । 

एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबूको उपस्थितिमा बुधबार बिहान शोरुम उद्घाटन भएको हो । 

एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ रेन्ज, हब्स र कुक टप्सलगायत अन्य विभिन्न घरायसी विद्यु्तीय सामग्रहरु रहेका छन् । 

भुइँ तल्लाको ११०० वर्ग फिट क्षेत्रफलमा बनेको एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङको व्यवस्था रहेको छ । 

काठमाडौँको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्धेश्यसहित शोरुम संचालन गरिएको सीजीले जनाएको छ । 

दक्ष र अनुभवी बिक्री प्रतिनिधिरुबाट यहाँ भएका विद्युतीय सामग्रहरुको पूर्ण जानकारी पनि लिन सकिने भन्दै सीजीले शोरुम हरेक दिन बिहान १० देखि बेलुका ७ः३० बजेसम्म खुला रहने जनाएको छ । 

कम्पनीले ओपनिङको विशेष छुट, शून्य प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथै प्रडक्ट लाइभ डेमो र प्रिभेन्टिम मेन्टेनेन्स सर्भिस (पीएमएस) को पनि व्यवस्था गरिएको जनाएको छ । 

साथै ग्राहकको आवश्यकताअनुसार निःशुल्क साइट भिजिटकोसमेत व्यवस्था रहेको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

योसँगै यस एलिका ब्रान्डसप अब सीजी इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ औँ शाखा रहने छ । 

cg-alica-brand-2080-04-17 (1).jpg
cg-alica-brand-2080-04-17 (2).jpg
cg-alica-brand-2080-04-17 (3).jpg
cg-alica-brand-2080-04-17 (4).jpg
cg-alica-brand-2080-04-17 (5).jpg
cg-alica-brand-2080-04-17 (6).jpg
cg-alica-brand-2080-04-17 (7).jpg
cg-alica-brand-2080-04-17 (8).jpg
cg-alica-brand-2080-04-17 (9).jpg
cg-alica-brand-2080-04-17 (10).jpg
cg-alica-brand-2080-04-17 (11).jpg
cg-alica-brand-2080-04-17 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ