arrow

पछि हट्यो माओवादी, बैठकको प्रत्यक्ष प्रसारण नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । 

आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको माओवादीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

केही दिनअघि पदाधिकारीको बैठकले बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको भए पनि स्थायी कमिटीको बैठकले सो निर्णय उल्ट्याएको हो ।

महराले भने,' अस्ति पदाधिकारीको बैठकमा लाइभ गर्ने भन्ने थियो । स्थायी कमिटीमा नगर्ने भन्ने निर्णयमा पुग्यौँ ।  केन्द्रीय कमिटी निर्माणमा केही विधान विपरीत काम भएका छन् ।’

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक लाइभ गरेपछि माओवादी पनि लाइभ गर्ने तयारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ