arrow

चिनियाँ खानी कामदारहरूको लागि नयाँ बस्ती निर्माण गर्दै

logo
एजेन्सी,
प्रकाशित २०८० असार ३१ आइतबार
china-miners-tibet.jpg
तस्बिर : फाइल

बेइजिङ। चीनले तिब्बतमा अवस्थित आफ्नो सबैभन्दा ठूलो राष्ट्रिय क्रोमियम खानी सञ्चालन गर्ने भएको छ। चीनले वातावरणीय मापदण्ड अपनाएको दाबी गर्दै खानी सञ्चालनका लागि निरन्तरता दिइरहने र चीनबाट आउने आप्रवासीहरूका लागि नयाँ बस्ती निर्माण पनि गरिरहेको बताइएको छ।

चुसुम काउन्टी चाइना बाउ तिब्बत माइनिङ कम्पनी क्रोमियम उत्पादनको लागि परिचित तिब्बत स्वायत्त क्षेत्रको ल्होखा सहर शानान शाखाको नोर्बुसाको वासस्थान हो। चीनको सबैभन्दा ठूलो क्रोमियम उत्पादन गर्ने क्षेत्र (अर्थात् जनवादी गणतन्त्र चीन) हो।

४,२०० मिटरको उचाइमा रहेको यो कम्पनीले हरित मार्ग पछ्याउने उपलब्धिहरूका लागि सन् २०२० मा राष्ट्रिय हरित खानी सूचीमा थपिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कम्पनीले ६३ हेक्टरभन्दा बढी उत्खनन क्षेत्रको पुनर्निर्माण गर्न ५ करोड युआन (७ मिलियन डलर)भन्दा बढी लगानी गरेको दाबी गरेको छ।

‘हामीले पुनर्स्थापित क्षेत्रमा अहिले घाँस उब्जाएको देख्न सक्छौँ र १२० जनाभन्दा बढी कामदारको सहयोगमा वसन्त ऋतुमा २ हजारभन्दा बढी रुख रोप्यौँ,’ कम्पनीको ल्होखास्थित उपशाखाका उपमहाप्रबन्धक ली जुनले भने।

कम्पनीको ल्होखा उपशाखाका अर्का उपमहाप्रबन्धक केलसाङ दावाले कम्पनीले सुरक्षा मापदण्डमा सुधार गर्दै प्राविधिक आविष्कार र स्रोतसाधनको प्रयोगमा पनि हरित विकासको बाटो अपनाइरहेको बताए ।

कम्पनीले आफ्नो अर्को योजना कामदारहरूका लागि आवासीय समुदाय निर्माण गर्ने बताएको छ, यसमा ल्यान, ड्रेनेज सिस्टम, खेलकुद मैदान र पार्किङ स्थल हुनेछ।

तिब्बती पठारमा चीनको ठूलो मात्रामा खानी सञ्चालन सामान्यतया चीनबाट ल्याइएका कामदारहरूद्वारा चलाइन्छ र तिनीहरू खानीहरू सञ्चालन हुने स्थानीय क्षेत्रहरूको जनसङ्ख्यामा प्रभुत्व जमाउँछन्। तिनीहरूले अन्य चिनियाँ आप्रवासीहरूलाई आकर्षित गर्छन् जसले पसलहरू, रेस्टुरेन्टहरू खोल्छन्, र खानीहरूलाई सबै प्रकारका अन्य सेवाहरू प्रदान गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ