arrow

नेपालमा एलिका ब्राण्डको पहिलो शोरुमको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
ELICA SHOWROOM OPENING.jpg

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौँको टेकुमा खोलिएको छ । 

एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबूको उपस्थितिमा बुधबार यो शोरुमको भब्य उद्घाटन भएको छ । 

एलिका ब्रान्डसपमा  एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य  विभिन्न घरायसी विद्धुतीय सामग्रीहरु रहेका छन् । 

यस एलिका ब्रान्डसप  टेकुको  मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।

काठमाडौँको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको छ । 

दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने कम्पनीले जनाएको छ । 

यो शोरुम हप्ताको सातै दिन बिहान १०ः०० बजे देखि बेलुका ०७ः३० बजेसम्म खुल्ला रहने प्रेस विज्ञप्तिमार्फत जनाइएको छ । 

काठमाडौँको टेकुमा खोलिएको यस  एलिका ब्रान्डसप मा ओपेनिङ्ग को बिशेष छुट, शून्य प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै प्रडक्ट लाइभ डेमो र प्रिभेन्टिभ मेन्टेनेन्स (पएएमएस) को पनि  व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । 

त्यसका साथै ग्राहक वर्गको आवश्यक्ता अनुसार निःशुल्क साइट भिजिटको पनि व्यवस्था रहेको जनाइएको छ ।

योसँगै काठमाडौँको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सीजी इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ औँ शाखा रहने र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा विस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ