arrow

एसिया रग्बी च्याम्पियनशिप नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
Rugby.jpg

काठमाडौं । ‘एसिया रग्बी यु-२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनशिप नेपालमा आयोजना हुने भएको छ ।

नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ ।

प्रतियोगिता बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहनेछ ।

त्यस्तै महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया रहेका छन् । उक्त प्रतियोगिताको विजेता टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगिताका लागि गत गत असार १५ गतेदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको लागि करिब रु ७२ लाख खर्च लाग्ने आयोजकको भनाइ छ ।

प्रतियोतिगाको खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ