arrow

भानु जयन्तीमा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको विविध कार्यक्रम  

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
bhanu-jayanti-2080-04-18.jpg

काठमाडौँ । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीका अवसरमा विविध कार्यक्रम गरेको छ । गत शनिबार भएको कार्यक्रममा भानुको योगदानको चर्चा, श्रष्टा अभिनन्दन, सम्मान, पुरस्कार समर्पण, पुस्तक  विमोचन गर्नुको साथै प्रतियोगितात्मक कवि गोष्ठी गर्दै भब्य रुपमा सम्पन्न गरेको छ । 

कामनपा वार्ड नं. २९ स्थित घट्टेकुलो विकास समाजको हलमा १५० भन्दा बढीको संख्यामा साहित्यकार अनि साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम अपरान्ह १२:३० बजे देखि निरन्तर ५ घन्टासम्म चलेको थियो । रोटरी क्लब अफ काठमाडौँ र रोटर्याक्ट क्लब अफ काठमाडौँको सहकार्य रहेको उक्त कार्यक्रमले समारोह बहु आयामिक अनि थप सुन्दर भएको थियो।

संस्थाले २१० औँ भानु जयन्तीको अवसर पारेर निम्न सर्जक/ श्रष्टा/ समाजसेवीहरुलाई  विश्व नेपाली भानु शिखर अभिनन्दन  पत्र-२०८०  प्रदान गरेको छ–

१)वरिष्ठ समाजसेवी एवम साहित्यकार मनमाया सिटौला
२)वरिष्ठ समाजसेवी एवम साहित्यकार स्नेह पोखरेल
३)वरिष्ठ समाजसेवी एवम स्वास्थ्यसेवी टंकबहादुर श्रेष्ठ
४)वरिष्ठ लेखक एवम समाजसेवी सुरेन्द्र ढकाल

यसैगरी निम्न श्रष्टा/सर्जक/ समाजसेवीहरुलाई संस्थाले विश्व नेपाली भानु शिखर सम्मान-२०८० प्रदान  गरेको छ– 
 १) वरिष्ठ समाजसेवी/शिक्षासेवी ई. ईश्वरकान्त सिटौला
२)वरिष्ठ  कवि/साहित्यकार बालिका गिरी
३)वरिष्ठ समाजसेवी/धार्मिक अभियन्ता शिवराम राजवंशी
४)रोटरी क्लब अफ काठमाडौँका प्रेसिडेन्ट किशोर उप्रेती
५)रोटरी क्लब अफ काठमाडौँका पास्ट प्रेसिडेन्ट तिर्थराज दाहाल
६)वरिष्ठ पत्रकार/मुक्तककार निशा केसी
७)वरिष्ठ शिक्षासेवी/कलाकार कृष्णकुमार बोहरा

त्यस्तै  वरिष्ठ  समाजसेवी स्वार्गीय लक्ष्मीप्रसाद प्रसाईका परिवारबाट आफ्ना  बुबा आमाको नाममा स्थापित लक्ष्मीप्रसाद सावित्रा विश्व नेपाली भानु शिखर सम्मान/पुरस्कार-२०८० द्वारा वरिष्ठ कवि/गीतकार/कलाकार रमेश पौडेललाई प्रदान गरेको छ। यस पुरस्कारको राशी रु २५००० रहेको छ।

त्यस्तै स्वर्गीय लक्ष्मीप्रसाद प्रसाईंकै परिवारबाट स्वर्गीय भरतकुमार प्रसाई( लक्ष्मी प्रसाद प्रसाईको साहिंलो छोरा)को नाममा स्थापित भरतकुमार प्रसाई भानु नव प्रतिभा पुरस्कार-२०८० बाट रोट्याक्ट र इन्टर्याक्टर सम्मिलित प्रतिष्पर्धी कविहरुमध्ये निम्न ४ जनालाई पुरस्कृत गरेको छ । उक्त पुरस्कारको राशी जम्मा रु१५००० रहेको छ ।
१)रोट्याक्ट  स्वस्तिका ज्ञवाली-प्रथम
२)रोट्याक्ट अनुप रेग्मी- द्वितीय 
३)रोट्याक्ट सुशील हट्वाल- तृतिय
४)रोट्याक्ट सन्तोष तुलाधर- सान्त्वना,
साथै अन्य सहभागी कविहरुलाई पनि प्रमाणपत्र प्रदान गरियो।

उक्त प्रतियोगितात्मक कवि गोष्ठीमा विजयीहरुको छनौट विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा गठित डा.फणीन्द्रराज निरौला संयोजक,संस्थाकी वरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेती र डा. छायांदत्त न्यौपाने  सदस्य रहेको कमिटीले गरेको थियो ।

साथै उक्त अवसरमा श्रष्टा राधिका दाहालद्वारा लेखिएको बाल कविता संग्रह "आमाको काख" को प्रमुख अतिथि लगायत अन्य विशिष्ट व्यक्तिहरुबाट विमोचित भयो । समारोहका प्रमुख अति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बिष्णुबिभु घिमिरेले विश्व नेपाली साहित्य प्रज्ञा  प्रतिष्ठान अग्रजहरुलाई सम्मान अनि नव प्रतिभाहरुलाई प्रोत्सोहान गर्न निरन्तर लागि परेको देख्दा आफूलाई गौरवको अनुभूति भएको बताए । 

उनले वांगमयको उत्थान  गर्न सके मात्र राष्ट्र गतिशील,समृध्द भएर जाने कुरा अभिव्यक्त गरे । विविध क्षेत्रका अनुकरणीय सर्जक/श्रष्टाहरु लगायत लुकेका प्रतिभाहरुलाई उजागर गर्ने  कार्यहरुले  यससंस्थाको आयतन अझ विस्तृत भएर गएको कुरा बताउँदै भाषा साहित्यको उत्थानमा आफ्ना बल, बर्गत अनि सपर्पणभावले गरेका यी कार्यहरुले समाज अनि राष्ट्र समुन्नत बनाउन ठूलो योगदान हुने कुरा बताए । 

कार्यक्रमका सभापति एवम संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले उपस्थित सम्पूर्ण  वांगमयप्रेमी अनि साहित्य अनुरागीहरुलाई स्वागत गरे । स्वागत मन्तव्य दिने क्रममा उनले सम्पूर्ण अभिनन्दित, सम्म्मानित अनि पुरस्कृत व्यक्तित्वहरुलाई शुभकामना अर्पण गरे । 

साथै उनले बिमोचित पुस्तक आमाको काखको संक्षिप्त चर्चा गरे । प्रसाईले  २१०औँ भानु जयन्ती अवसर पारेर रोटरी क्लब अफ काठमाडौँ र रोटर्याक्ट क्लब अफ काठमाडौँ सँगको सहकार्यले कार्यक्रम अझ विस्तृत  र बहुआयामिक भएको  बताए । 

कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले सम्पूर्ण अभिनन्दित, सम्मानित, पुरस्कृत  व्यक्तिको संक्षिप्त परिचय दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ