arrow

चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता ह्रासले त्रसित सी

logo
एजेन्सी,
प्रकाशित २०८० साउन १८ बिहिबार
china-ccp-member-downfall-decrease.jpg

बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले २०२२ मा आफ्नो सदस्यता अभियानमा तीव्र गिरावट देख्यो। हालै जारी गरिएको तथ्याङ्क अनुसार पार्टीको सदस्यता वृद्धिदर  १.४ प्रतिशतमा रह्यो, जुन २०२१ को तथ्याङ्कको तुलनामा उल्लेखनीय गिरावट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०२१ मा ३.४ मिलियन कार्यकर्ताहरूको सदस्यतामा वृद्धि भएको जनाएको थियो भने वृद्धिदर ३.७ प्रतिशत रहेको थियो।

यद्यपि, २०२२ मा, पार्टीले १३ लाख नयाँ सदस्यहरू मात्रै आकर्षित गर्न सफल भयो। यो अप्रत्याशित गिरावट ३० भन्दा कम उमेरका युवाहरू पार्टीमा सामेल हुने सङ्ख्यामा भएको कमीसँगै आएको जनाइएको छ। सन् २०२१ को तुलनामा १.३ प्रतिशतले भएको जनाइएको छ।

वैचारिक प्रगतिलाई प्रवर्द्धन गर्न पार्टीको सङ्गठनात्मक पुनर्संरचनाको उद्देश्यले आवेदन प्रक्रियालाई कडा बनाइए पछि पनि उक्त झन्झट व्यहोर्न युवाहरू तयार नभएकोले पार्टी सदस्यता वृद्धि हुन नसकेको जनाइएको छ। युवाहरूलाई आकर्षित गर्ने अन्य कुनै योजना पनि नभएका कारण सदस्यता सङ्ख्यामा गिरावट आएको जनाइएको छ।

पश्चिमा मूल्यमान्यताको कदर गर्ने, अभिव्ययमा संलग्न हुने वा पार्टीको निर्देशनबाट विचलित हुने युवाहरूलाई हटाउन भ्रष्टाचार विरोधी निगरानीहरू गरिएको सीपीसीले जनाएको छ।

यो तीव्र गिरावटको पछाडि एउटा उल्लेखनीय कारण चीनको शीर्ष भ्रष्टाचार विरोधी एजेन्सी, अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोग पनि भएको बताइएको छ। आयोगले सीको विरोध गर्ने युवा कार्यकर्तालाई भ्रष्ट क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै उच्चस्तरीय कारबाही गर्ने क्रम पनि बढेको छ।

सीले शासन अनुभव र वफादारीमा आधारित राजनीतिक नियुक्तिहरूलाई प्राथमिकता दिएको र पार्टीका युवा सदस्यहरूलाई भ्रष्टाचार विरोधी पहलहरू अन्तर्गत निरन्तर निगरानी र छानबिनको अधीनमा राखेको सीपीसीको दाबी छ।

सन् २०१४ मा एक ठूलो भ्रष्टाचार घोटालामा भूतपूर्व राष्ट्रपतिका प्रमुख स्टाफलाई संलग्न भएको भन्दै कारबाही गरिएको थियो। २०१६ मा  घूस लिने, शक्तिको दुरुपयोग र गैर कानुनी रूपमा राज्य गोप्यहरू प्राप्त गरेकोमा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

उनले युवा लिगको नेतृत्वलाई 'कुलीन' भएको भन्दै आलोचना गरेका छन्, जबकि पार्टीको शीर्ष अनुशासन वाचडगले उनीहरूलाई अत्यधिक नोकरशाही र स्वार्थी भएको आरोप लगाएको छ।

गत वर्षको तुलनामा २१ मिलियन आवेदनहरू पेस भए तापनि युवा कार्यकर्ताहरूप्रति भ्रष्टाचार विरोधी निगरानीकर्ताहरूको अवहेलनाले भर्ती सङ्ख्यामा तीन लाख मात्र पुगेको हो।

फलस्वरूप, ३० भन्दा कम सदस्यहरूको कुल सङ्ख्याले विगत केही वर्षहरूमा स्थिर गिरावटको अनुभव गरेको छ र सन् २०२१ यता १.५ प्रतिशतको उल्लेखनीय गिरावट आएको जनाइएको छ।

युवा कार्यकर्ताहरूलाई थप नियन्त्रण गर्न, सीले आफ्ना भ्रष्टाचार विरोधी निगरानीकर्ताहरूलाई युवा सदस्यहरूको शिक्षा, व्यवस्थापन र सुपरिवेक्षणमा सुधार गर्न, उनीहरूलाई राजनीतिक रूपमा सही बाटोतर्फ डोल्याउन आह्वान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ