arrow

कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
nepali-congress-flag.jpg_1618043342.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसले डेंगी रोगको महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

डेंगी रोगको महामारीले मुलुकको पूर्वी भूभाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म केही व्यक्तिको ज्यान गइसकेको छ भने उक्त रोगको सङ्क्रमणका कारण सयौँको सङ्ख्यामा नागरिक सिकिस्त बिरामी परेका छन् । सो रोग फैलिने क्रम रोकिएको छैन । 

समाजमा यसको त्रास फैलिएको छ । कांग्रेसले आज विज्ञप्तिमार्फत सो सम्बन्धमा बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिन र जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

साथै, सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसम्बद्ध सङ्घसंस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल गर्दै कांग्रेसले रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न स्थानीय नेता एवं पार्र्टी सदस्यहरूलाई आह्वान गरेको छ । 

कांग्रेसले महामारीबाट प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ महामारीबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्र्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ