arrow

नेपालमा मनसुनी वायु र छत्तीसगढको न्यून चापीय प्रणालीको प्रभाव

यस्तो रहनेछ आजको मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
cold-weather.jpg

काठमाडौँ । हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी ,गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा  वर्षा भइरहेको छ।

आज देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणाली को आंशिक प्रभाव रहेको छ। 

मनसुनको न्यून चापीय रेखा  पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। 

उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ