arrow

माओवादी बैठकः ७५८ सहभागी, दुई दिनमा चार दर्जनले मात्र राखे धारणा  

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
maoist-centre-meeting-2080-04-18.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । 

गत बुधवारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ–आफनो धारणा राखिसकेका छन् । 

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागीता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ