arrow

अवैध सुन प्रकरण

सुन तस्करीको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
cib-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साउन ३ गते नियन्त्रणमा लिइएको करिब एक सय किलो सुन तस्करीको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई गर्न निर्देशन दिएका छन् । 

सुन तस्करी प्रकरणलाई जरैदेखि अनुसन्धान गर्नका लागि प्रधानमन्त्री प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सीआईलाई दिएका हुन् । यो प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी रहेको छ । 

यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । जसमा भन्सार अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परेका हुन् । 

यो संगठित र अन्तरदेशीय अपराध भएकोले जरैसम्म पुग्न सीआईबीबाट अनुसन्धान गर्न प्रचण्डले निर्देशन दिएका हुन् । विभाग आफैँ प्रधानमन्त्री मातहतको निकाय हो ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले प्रधानमन्त्रीबाट अनुसन्धानका लागि निर्देशन पाइसकेको भन्दै अनुसन्धान विभागबाट फाइल आउनासाथ अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने बताइन् । 

उनले भनिन्, ‘हामीलाई प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभयो राजश्व अनुसन्धानबाट फाइल आउन बित्तिकै अनुसन्धान शुरु हुन्छ ।’

कसरी दिए प्रचण्डले सीआईबीलाई जिम्मा ? 
प्रचण्ड राजश्व अनुसन्धान विभागबाटै अनुसन्धान होस् भन्ने चाहेका थिए । तर बिहीबार बेलुकी सीआईबीलाई जिम्मा दिनका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आग्रह गरेपछि प्रचण्ड वाध्य भएर सीआईबीलाई जिम्मा दिन तयार भएका हुन् । 

बिहीबार बेलुकी भनाभन भएपछि नारायणकाजी मन्त्रालय नगई बाहिरिएका थिए । बालुवाटार स्रोतका अनुसार आफ्नै पार्टीको गृहमन्त्री चिँढिदा सन्देश नराम्रो जाने देखेर प्रचण्डले यसको जिम्मा सीआईबीलाई दिएका हुन् । 

यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरीय छानबिन बनाउन माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । सदनका दुवै बैठक २२ गतेलाई डाकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ