- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक रहेको बताएका छन् ।
नेपाल अडिटर्स एसोसिएसन (अडान)को १८औँ स्थापना दिवसका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री डा महतले लेखा (एकाउन्टिङ) लेखापरीक्षण (अडिटिङ) आर्थिक सुशासनसँग जोडिएको विषय रहेको बताएका हुन् ।
“आर्थिक पारदर्शिताको सुनिश्चिताका लागि अकाउन्टिङ र अडिटिङको महत्वपूर्ण भूमिका रहन्छ । हरेक क्षेत्रमा हिसाबकिताब चुस्तदुरुस्त छ वा छैन भनेर हेर्ने जिम्मेवारी अडिटरको हुन्छ”, उनले भने ।
कोभिड–१९ महामारीयता अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिँदै गए पछि पछिल्लो समय सुधारका सङ्केत देखिएको भन्दै उनले सरकारले वित्त तथा मौद्रिक नीतिमार्फत अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरेको दाबी गरे ।
अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीतिमार्फत केही महत्त्वपूर्ण प्रयास थालिएको पनि उनको भनाइ छ । “अर्थतन्त्रमा समस्या थियो र केही समस्या अझै पनि छन् । त्यसको सम्पूर्ण समाधान मौद्रिक नीति मात्रै होइन”, उनले भने, “मौद्रिक नीतिमा हामीले खुकुलोपन र सहजता खोजेका थियौँ । केही सम्बोधन भएको छ । तर निजी क्षेत्रले खोजेजस्तो अझै भएको छैन ।”